विश्वकप क्रिकेट: दक्षिण अफ्रीकामाथि बंगलादेशकोे जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २०, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाडौँ । बंगलादेशले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

लण्डनको केनिङटन ओभलमा बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५/४५ रन जोड्दा भान डेर डुसेनले ४१ रन बनाए । डेभिड मिल्नरले ३८ रन बनाउदा क्विनटन डी ककले २३ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे ।

यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए ।

दक्षिण अफ्रीकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले २/२ विकेट लिए ।

जितसंगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार सुरुवात गरेको छ । दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको थालनी गरेको छ ।

विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस