समयमै काम नसकिएका १८ सय ठेक्का भंग गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २०, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाडौँ । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन्।

छैटौं पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ।

संशोधित नियमावली वैशाख ३० देखि लागू भइसकेको छ। अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए। बाँकी ठेक्काका विषयमा भने अध्ययन भइरहेको उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस