दुर्घटना न्यूनिकरण गर्न कोटेश्वर-कलंङ्की सडकमा गति निर्धारण, अधिकतम ५० किलोमिटर प्रतिघन्टा मात्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाडौँ । अत्यधिक गतिका कारण गतिका कारण दुर्घटना बढेपछि कोटेश्वर(सातदोबाटो(कलङ्की सडकखन्डमा सवारीको गति निर्धारण गरिएको छ ।

दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मुख्य लेन र सर्भिस लेनमा गुड्ने सवारी साधनका लागि अधिकतम गति तोकेको हो।
अब मुख्य लेनमा अधिकतम ५० र सर्भिस लेनमा अधिकतम २० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चलाउन पाइने छ।

प्रविधिमार्फत यसको नियमन हुने र नियमको उल्लंघन गरेको पाइए कारबाही हुने महाशाखाले जनाएको छ।

तिव्र गतिकै कारण आइतबार सानेपा खन्डमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो। दुई वटा गाडि आपसमा जुधेपछि अनियन्त्रित बनेका ती सवारीमा मोटरसाइकल ठोक्किँदा दुवै जनाको मृत्यु भएको थियो।

यसअघि सोही ठाउँमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको किताब बोकेको ट्रक पल्टँदा पिक अप भ्यान किचिएको थियो जसमा सवार तीन जनाको मृत्यु भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस