जतनासामु सांसद पहारीले भने : हामीले गरेका सबै प्रतिवद्धताहरु पुरा गर्छौं, ढुक्क हुनुहोस्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ २०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाडौँ । गण्डकी प्रदेशका सांसद तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले चुनावको समयमा जनतासामु लिपिवद्ध गरेका सवै प्रतिवद्धताहरु आगामी चार वर्षभित्रमा पुरा हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

आइतवार नयाँपुल विरेठारी घान्द्रुक उरीसम्मको सडक स्तरोन्नती सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले खानेपानी, सडक, भौतिक संरचना लगायतका जुनसुकै समस्याहरु आफ्नो कार्यकालभरमा पुरा गरिने प्रतिवद्धता व्यक्त गरे । उनले जनताले चुनावमा आफ्नो अमूल्य मत दिई प्रदेश तथा समग्र देशलाई समृद्ध तथा विकसित बनाउने जिम्मा प्रदान गरेको बताउँदै जनताले विश्वासरका साथ दिएको जिम्मालाई अक्षरस पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।

प्रदेश सरकार जनताको समस्यामा सधै हाजिर हुने बताउँदै उनले चापाकोटको खहरे खोलाका कारण वर्षाको समयमा माथिका मानिस माथि नै र तलका मानिस तलनै हुने अवस्था रहेकाले त्यसको दिर्घकालिन समस्या समाधानको सात करोड प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माणको कार्य शुरुवात गरिएको बताए। उक्त पुल शिलान्यास भएको डेढ वर्षभित्रमा निर्माण भइसक्ने समेत जानकारी गराए ।

आफ्नो निर्वाचन क्षेत्रमा धेरै पुल, सडक, ढल लगायतका विकास निर्माणका कार्यहरुको शुरुवात भएको बताउँदै सांसद पहारीले अघिल्लो वर्ष विकासको आधार वर्ष भएको र आगामी वर्षहरु प्रत्यक्ष जनताले देखिने तथा अनुभुती हुने गरी विकास निर्माणका कार्यहरु तिव्र गतिका साथ हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस