चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ २२, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २२, रौतहट । चन्दा नदिएको भन्दै राजपुर नगरपालिकाका मेयरमाथि कुटपिट गरिएको छ । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयर शेख सकिललाई राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट गरेका हुन् ।

ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिम लगायतका स्थानीयले कुटपिट गरेका हुन् ।

मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माँग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलको भनाई छ ।

मेयरमाथि हातपात भएको र हातपात गर्ने व्यक्तिहरु फरार रहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस