दिलिप र केकी ‘पिरिमको बाढी’ मा फसेपछि…

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ २२, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २२, काठमाडौँ । ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘पिरिमको बाढी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय रहेको छ ।

‘घर हाम्रो लेकैमा’, ‘माया लाग्छ निष्ठुरीको’, ‘लटरपटर’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ । श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह निर्देशन गरेका छन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफीमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय गरेका छन् । भिडियोमा गाउँले परिबेशभित्र प्रेमी र प्रेमिकाको मिलनलाई प्रस्तुत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस