नेता कोइरालाको आग्रह : ‘प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस् ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २३, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २३,काभ्रे । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिभिन्न समयमा कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुन कांग्रेसमै फर्कन आग्रह गरेका छन । कम्युनिष्टहरुले देश कब्जा गर्न लागिसकेको बताउदै डा. कोइरालाले भने–’बिगतमा हामीबाट गल्ती र कमजोरी भयो।तपॉईहरुको सही मुल्यांकन हुन सकेन। अहिले पार्टी र लोकतन्त्रमाथी चारै तर्फबाट प्रहार भैरहेको छ। प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस् ।’

पार्टी भित्र अब मुल्यांकनको परिपाटी बस्ने बताउदै आउॅदो निर्बाचनदेखी पार्टीभित्र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता पनी कोइरालाले जनाए । काभ्रेको धुलिखेलमा पार्टीको जागरण कार्यक्रम अन्तर्गतको ‘प्रशिक्षण कार्यक्रम’ लाई संबोधन गर्दै डा. कोइरालाले नेताहरुका नाममा जिल्ला–जिल्लामा गुट नचलाउॅन कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका सभापती मधु आचार्य, क्षेत्रिय सभापतीहरु कंचनचन्द्र बादे,तिर्थ लामा,महेश खरेल र रमेश हुमागाई,पुर्वसांसद कमला थापा,प्रदेश सभा उमेदवार गणेश लामा र सुन्दरमणी आचार्यले सरकारको रबैया बिरुद्ध एकजुट हुन आग्रह गरे। केन्द्रिय निती,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षण दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस