कानुन मन्त्री ढकालका दाजु शिवप्रसाद बेपत्ता

Post Thumbnail

जेठ २३,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद बेपत्ता भएका छन् । उपचारका लागि काठमाडौं आएका वेला बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भनदै ढकाल परिवारले उजुरी दिएको छ ।

अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ । तर, हालसम्म अत्तोपत्तो लागेको छैन । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरी बताउँछ ।

एमबीबीएसका विद्यार्थी पनि बेपत्ता

मन्त्रीका दाजु हराएको दुई दिनपछि काठमाडौं प्रहरीमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थी हराएको पनि उजुरी परेको थियो । अर्घाखाँचीका शिशिर खनाल बेपत्ता भएका हुन् । उनी काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययरत थिए । बेपत्ता दुवै जनामा एउटा कुरा भने समान देखिएको छ । दुवै मानसिक रोगी भएको देखिएको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस