जेठ २४, काठमाडौँ । ईङ्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड नेसन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको दोस्रो सेमिफाईनलको खेलमा डच टिमले ईङलिस टिमलाई ३–१ गोल अन्तरले हराएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा नेदरल्याण्डले बाजी मारेको हो ।
डच टिमले उपाधिका लागि पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ ।
ईङ्ल्याण्डले तेस्रो स्थानका लागि स्विटजरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३२ औ मिनेटमा मार्कोस रासफोर्डको गोलबाट ईङ्ल्याण्डले खेलमा अग्रता लिएको थियो । डि लिटले ७३ औ मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई खेलमा फर्काएका थिए ।
९७ औ मिनेटमा वाल्करको आत्मघाति गोलमा डच टिमले खेलमा अग्रता बनाएको थियो । थपिएको अतिरिक्त समयको १४ औ मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्याण्डलाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।
रुसी विश्वकपमा समेत ईङ्ल्याण्ड सेमिफाईनलमा कोस्टारिकासंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । एजेन्सी ।