दक्षिण सिरियामा सैन्य गतिविधि रोक्न राष्ट्रसंघ प्रमुखको आग्रह

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ १६, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १६,काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन ।

शुक्रबार एक विज्ञप्ति जारी गरी उनले दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेका हुन ।

यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजले विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण यहाँका करिब १०० सर्वसाधारणले ज्यान गुमाएका हुन ।

सिरियामा भएका पछिल्ला कारबाहीबाट ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएकोप्रति राष्ट्रसंघ प्रमुख चिन्तित बनेको उनका प्रवक्ता स्टेफेन दुजारिकले बताए ।

महासचिव गुथ्रेसले सरकारी सुरक्षा कारबाही भएको दक्षिणपश्चिम क्षेत्रलाई जोर्डन, रूस र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस