जेठ ,धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कंडेलले नेपाल निरन्तर राजनीतिक संक्रमणका कारण पछि परे पनि अब सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय लक्ष्य प्राप्त गर्न सफल हुने दाबी गरेका छन ।
धादिङको महेशधर्म माद्यामिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थी समाज र धादिङ कुम्फु संघले शुक्रबार आयोजना गरेको छात्रवृति वितरण तथा साँस्कृतिक कार्यक्रममा उनले विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनलाई आधार मान्दा पनि नेपाल अब विकासको गतिमा अघि बढेको पुष्टि हुने बताए ।
उनले सरकार आलोचनाका बावजुत पनि इमान्दारी पूर्वक सुशासन र विकासलाई मुख्य प्राथमिक्तामा राखेर अघि बढेको बताए। उनले सरकारले धार्के–सितापाइला सडकलाई बैकल्पिक राजमार्गको रुपमा विकास गर्न बजेट विनियोजन गरेको बताउनु भयो । उनले कुन निकायले निर्माण सम्पन्न गर्ने भन्ने अन्यौलमा रहेको धार्के–सितापाइला सडक अब केन्द्रीय तहमा रहेर निर्माण सम्पन्न हुने बताए ।
कार्यक्रममा धुनीबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले स्थानीय तहमा रहेका व्यक्तिहरुले इमान्दारीपूर्वक काम गर्नु पर्ने बताए । तपाई हरुलाई लागेको हुन सक्छ केहि काम भएको छैन । म विश्वास दिलाउन चाहान्छु कामको सुरुवात भएको छ, अब रिजल्ट आएपछि थाहा पाउनु हुन्छ आचार्यको भनाई थियो ।
कार्यक्रममा भूतपूर्व विद्यार्थीको तर्फबाट महेशधर्म उच्चमाद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति वितरण गरिएको थियो भने कुम्फु संघले खेल कौशल प्रदर्शन समेत गरेको थियो । कार्यक्रमा महेशधर्म माध्यामिक विद्यालयमा पहिलो वर्ष अध्ययन गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कँडेलले धुनिबेशी क्षेत्रलाई काठमाडौंको वैकल्पिक शहरको रुपमा विकास गर्ने बताएका छन । राजधानीसंग जोडिएको सबैभन्दा नजिकको उपत्यका धुनिबेशी राष्ट्रिय आवश्यकता बमोजिम निकट भविष्यमा नयाँ शहरको रुपमा विकास गर्न उपयुक्त देखिएकोले आफुले पहलकदमी लिने बताए ।
धुनिबेशीस्थित महेशधर्म मावि पूर्व विद्यार्थी समाज र धादिङ जिल्ल कुङ्ग फु संघद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा उपाध्यक्ष कँडेलले बढ्दो शरीकरणका कारण काठमाडौं शहर विस्तार हुने क्रममा धुनिवेशी वैकल्पिक शहर बन्ने निश्चित भएकोले आवश्यक तयारी थाल्न नगरपालिकालाई निर्देशन दिए । धुनिबेशीका मेयर बालकृष्ण आचार्यलाई आवश्यक तयारी पुरा गरेर काठमाडौं आउन निर्देशन दिँदै उपाध्यक्ष कँडेलले शहरी विकास मन्त्रालयसंग समन्वय गरेर छिट्टै काम अगाडी बढाइने बताए ।