धादिङ मिलन केन्द्रमा नयाँ नेतृत्व : अध्यक्षमा तुलाधर, सचिवमा अधिकारी

Post Thumbnail

जेठ २५,काठमाडौँ । धादिङ मिलन केन्द्रको २२ औ र २३ औ साधारण सभा राजधानीमा सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित  साधारण सभाले रामलाल तुलाधरको नेतृत्वमा ११ सदस्यिय समिती समेत चयन गरेको छ । केन्द्रको नवनिर्वाचित उपाध्यक्षमा शिव पाण्डे,सचिवमा पुरुषोतम अधिकारी, सहसचिवमा तेजकुमारी तिवारी,कोषाध्यक्षमा विकास लिसवाल,,सदस्यहरुमा प्रज्वल तामाङ,ठाकुररमण आचार्य,केदार तामाङ,शिव तिमिल्सीना,रमेश सुवेदी र भक्तमान शाक्यलाई सर्वसहमत गरेको छ ।

साधारण सभाको उद्धघाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले अवको नयाँ नेतृत्वले धादिङको विकासमा एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले अनुभवी,शिक्षित र सक्षम व्यक्तिहरु मिलन केन्द्रमा भएपनि पछिल्लो समय ओझेल परेकोमा चिन्ता व्यक्त गरे ।

उनले विभिन्न किसिमको छलफल गरेर धादिङको विकासमा आवशयक पर्ने योजना ल्याउन समेत आग्रह गरे । उनले नयाँ आएको कार्यसमितीलाई कार्यसफलताको शुभकामना समेत दिए । कार्यक्रममा धादिङका प्रतिनिधिसभाका सांसद भुमि त्रिपाठी, खेम लोहनी,राष्ट्रिय योजना आयोगका सदस्य बलराम बास्कोटा, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस