जेठ २५,धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउपालिका–७ बुढाथुममा गंगाजमुना गाउपलिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि गाउपालिका उपाध्यक्ष एञ्जिला तामाङले सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु निरन्तर संचालन गरिने बताइन ।
गंगाजमुना गाउपालिका वडानं ७ का वडा अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा श्वास्थ्यचौकीमा औषधी अभाव हुन नदिने, ल्याब सेवाका लागि पहल गरि गुणस्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे।
गाउपालिका क्षेत्रका सबै स्वास्थ्य चौकीमा प्योगशाला स्थापना गर्ने, पालिकास्तरमा भ्याक्सिन स्टोर गर्ने सब सेन्टर स्थापना गर्ने, गाउपालिकामा एम्बुलेन्स सेवा संचालन गर्ने गंगाजमुना गाउपालिका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए।
प्रसुति कुरुवा घर बनाई घरमा हुने सुत्केरी शुन्य बनाउन योजना बनाईने उनको योजना थियो।
नियमित स्वास्थ्यसेवा
विरामी जाँचसहित २४घण्टे प्रसुति सेवा दिँदै आएकोले निरन्तर सेवामा लागिरहने बताउदै स्वास्थ्य चौकी प्रमुख केशरबहादुर भण्डारीले गणस्तरीय सेवामा ध्यान दिने बताए।
सहजकर्ता सीताराम अधिकारीले समुदायस्तरमा गरिएको छलफलमा आएका समस्याहरु प्रस्तुत गरेका थिए।