चलचित्र कलाकार संघको निर्वाचनमा सरीतालाई हराउँदै रविन्द्र विजयी

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ जेष्ठ २६, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष्य पदमा रविन्द्र खड्का बिजयी भएका छन् । १७ औं साधारणसभा पछि भएकोे निर्वाचनमा प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५८ मतले पछिपार्दै खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत परेको थियो भने लामिछानेले १६१ मतमात्र प्राप्त गरिन्।

दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत पाए ।

यता महासचिवमा चेतबहादुर सिंह राजा ‘१८७’ निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी ‘१९४’ विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत पर्यो ।

कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।

पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस