यो वर्षको भोटो जात्रा आज देखाइँदै, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

जेठ २६, काठमाडौँ । यो वर्षको भोटो जात्रा ललितपुरको जावलाखेलमा आइतबार देखाइँदैछ ।

बेलुकी ५ बजे जावलाखेलमा राखिएको रथबाट राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो देखाउनुहुनेछ । रातो मच्छेन्द्रनाथको रथ बिहीबार नै जावलाखेल पुर्याइएको हो ।

रथ जावलाखेल र्पुयाएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो । एकजना नेवार किसानले कर्कोटक देवतालाई सहयोग गरेवापत एउटा बहुमुल्य भोटो उपहार पाएका थिए ।

एकदिन जावलाखेलमा मच्छिन्द्रनाथको रथ यात्रा हेर्न जाँदा अर्कै ब्यक्तिले आफ्नो भोटो लगाएको देखेपछि किसान र ती ब्यक्तिबीच भोटोका विषयमा विवाद भयो ।

विवाद भएपछि स्थानीयबासिन्दाले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती रहेको छ ।

त्यसपछि, आजसम्म भोटोको वास्तविक मालिक कोही भए प्रमाणसहित लिन आउन आह्वान गर्दै प्रदर्शन गरिने चलन छ । भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई तानेरै ललितपुरको बुंगमतीमा र्पुयाइन्छ ।

भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply