विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारत भिड्दै

जेठ २६, काठमाडौँ । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो हाफमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलिया उच्च मनोबलमा छ । यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

दवै टिमको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ । आफ्नो दोस्रो खेलमा अष्ट्रेलियाका शीर्ष स्थानका ब्याट्सम्यान भने चल्न सकेका थिएनन् । डेभिड वार्नर, कप्तान एरोन फिन्च, उश्मन खवाजा, ग्लेन म्याक्श्वेल, मार्कुस स्टोइनिस सस्तैमा समेटिएका थिए । त्यसकारण भारतमाथि जित हात पार्नका लागि आज यी खेलाडी चल्नै पर्ने हुन्छ ।

यता, भारतका रोहित शर्माकै उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकामाथि जित हात पारेको थियो । भारतका सबै ब्याट्सम्यान लयमा रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply