जेठ २७,धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउपालिका–७ बुढाथुममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) र गंगाजमुना गाउपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सबै भुकम्प प्रभावितको गुनासो सम्बोधन भईसकेको र छुटेको अवस्थामा उनिहरुको समस्या समाधान गरिने बताईन् । विकासका लागि पुनरनिर्माणले टेवा पुर्याउदै बाँकी पुनरनिर्माणको काम अर्को महिना सकिने बताईन्।
गंगाजमुना गाउपालिका ७ नं वडाअध्यक्ष बाबुराम न्यौपानेले घर बनाउन केही व्यक्तिमात्र बाकी भएकोले छिटो बनाउन आग्रह गरे । केहि घरवालाको मात्र गुनासो सुनुवाई बाँकी रहेकोले पुन सर्वेक्षण काम भएको सन्दर्भमा अब सबै नागरिक लाभग्राही सुचिमा पर्ने वडा अध्यक्ष न्यौपानेले बताए ।
बुढाथुममा आयोजित कार्यक्रममा पहिलो किस्ता लिएर घर बनाउन बाकी रहेका आंशिक क्षति भनेर पनि लाभग्राही भनि पुनरनिर्माण प्राधिकरणले अनुदान सहयोग उपलब्ध नगराएकाहरुका बारेमा सहभागिहरले जिज्ञासा राखेका थिए । घर निर्माणका काम सबै लाभग्राही छिटो सक्न कार्यक्रममा आग्रह गरिएको थियो ।
सिताराम अधिकारी/रासस