विमल नायक बन्दा टीसीलाई उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २९, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य विमल घर्तिमगर रहेको टीसी स्पोर्ट्सले माल्दिभ्सको च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको छ ।

मंगलबार राति भएको दोस्रो लेग खेलमा फोकाइधुलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को जितसहित टीसीले उपाधि जितेको छ । टीसीले पहिलो लेग १-१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो लेगमा टीसीका लागि विमल घर्तिमगर नायक बने । विमलले टीसीका लागि दुई गोल गरे । विमल यसै सिजनका लागि टीसीमा अनुबन्धित भएका हुन् ।

यस्तै एक गोल इब्राहिम ऐसमले गरे । फोकाइधुका लागि अलि शाइमुले एक गोल फर्काए ।

योसंगै टीसीले सिजनको पहिलो उपाधि जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस