सेनाको ट्रयाकसुट खरिदमा अनियमितता, दररेट बढी राख्ने फर्म छनोट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २९, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । नेपाली सेनाले खरिद गर्न लागेको पोसाक खरिदको छनोट प्रक्रियामा सार्वजनिक खरिद ऐन मिचेर टेन्डर दिएको पाइएको छ।

ट्र्याक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ।

नेपाली सेनाको सैनिक सामग्री प्र्राप्ति निर्देशनालयका निर्देशक सहायक रथी योगराज शर्माले हस्ताक्षर गरेको पत्रमा टेन्डर आह्वानमा दररेट कम राखेर बोलपत्र दिने फर्मलाई नराखी धेरै राख्ने फर्म छनोट गरिएको छ।

नेपाली सेनाले ९६ हजार ७६६ ट्र्याक सुटका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो।

सहभागी आठवटा फर्ममध्ये सैनिक सामग्री प्राप्ति निर्देशनालयले श्लोक इन्टरप्राइजेज फर्मका प्रोपाइटर रितेश अग्रवालले हालेको १ हजार ५५१ रुपैयाँको दररेटलाई छनोट गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस