प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्री मे संग भेटवार्ता, राजकुमार ह्यारीले देखाए पुननिर्माणमा चासो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २९,काठमाडौँ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले मेसँग मङ्गलबार दिउँसोे भेटवार्ता गरेका छन ।

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, नेपालमा वैदेशिक लगानी, नेपालको पुनर्निर्माण भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

लन्डनमा प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीसँग पनि भेटवार्ता गरेका छन । ओलीलाई केन्सिङटन प्यालेसमा स्वागत गर्दै ह्यारीले नेपालको पुनर्निर्माणबारे चासो राखेका व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले ह्यारीलाई पुनः भ्रमणको निमन्त्रणा दिँदै नेपालप्रति बेलायतको राजपरिवारले देखाउँदै आएको सद्भावको प्रशंसा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस