ओम अस्पतालको लापरवाही कहिलेसम्म ? गर्नुपर्ने पित्तथैलीको शल्यक्रिया तर बिरामीको आन्द्रा काटियो !

Post Thumbnail

जेठ ३१,काठमाडौँ । राजधानीमा रहेको ओम अस्पताल पटक–पटक विवादमा आउने गरेको छ । कहिले सुत्केरीका उपचारमो लापरवाहीले मृत्युको कारण होस् वा कहिले एउटा समस्याको उपचार शरिरको अर्को भागमा उपचार गर्ने कारणले ओम अस्पतालमा पटक–पटक तोडफोड र विवादका घटनाहरु हुने गरेको छ । विभिन्न किसिमका घटना त गुपचुप नै मिलाईन्छ । फेरी ओममा यस्ते किसिमको घटना घटेको छ ।

पित्तथैलीको शल्यक्रिया गर्न गएका बिरामीको ओम अस्पतालले आन्द्रा काटिदिएपछि बिरामीको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थायी घर भएकी ५० वर्षीय राम प्यारी थापामगरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

चिकित्सकले चरम लापरबाहीले गर्दा थापामगरको मृत्यु भएको बिरामीका आफन्त खड्गबहादुर श्रेष्ठले बताएका छन् । जेठ २३ गते अस्पताल भर्ना भएकी मगरको शुक्रवार पित्तथैलीको अप्रेसशन भएको थियो । शल्यक्रियाकै क्रममा आन्द्रामा प्वाल परेको र त्यसैको सङ्क्रमणले बिरामीको मृत्यु भएको आफन्तले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस