सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ जेष्ठ ३१, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । असार १ गतेदेखि लागू हुने गरी बढाउने भनेको सार्वजनिक यातायातको भाडादर केही घन्टा नबित्दै सरकारले फिर्ता लिएको छ । बिहिबार दिउसो ३ बजे भाडा बढेको घोषणा गरेको सरकारले निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने भन्दै राति ८ बजे यातायात व्यवस्था विभागले अर्को सूचना सार्वजनिक गरेको छ ।

यसका साथै विभागले असार १ गतेदेखि लागू हुने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने बताएको हो ।

अधिकतम् १२ प्रतिशत भाडा बढाएको यातायात व्यवस्था विभागले ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ र्निधारण गरेको थियो । त्यसपछिको प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको थियो ।

यातायात व्यावसायीले पर्याप्त छलफलबिनै भाडा बदाइएको भन्दै आन्दोलनको तयारी गरिरहेका थिए । आन्दोलनको जानकारी पाएपछि र मन्त्रालयको ठाडो निर्देशनमा यातायात विभागले राती नै भाडा बृद्धी फिर्ता लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस