असार १७,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि अध्यक्ष दाहाल परिवार आज स्वदेश फर्कदैछन ।
श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएकी थिईन । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि दाहाल पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताईन ।
स्वास्थ्यमा सुधार आएपछि उनीहरु आज राति काठमाडौँ आउँदै छन । सँगै जगएकी छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन ।
यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उहाँले बताए । उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ ।