ट्रकबाट ५४ किलो गाँजा बरामद

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ जेष्ठ ३२, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३२, मकवानपुर । मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुसवाहासहितको टोलीले एक ट्रकबाट गाँजा बरामद गरेको छ ।

शुक्रबार हेटौंडा– १५ स्थित पूर्वपश्चिम लोकमार्गमा ना ३ ख ५३४० नम्बर ट्रकबाट प्रहरीले कचालक बाराको सिमरा उमनपा–२ बस्ने वर्ष २८ का रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने वर्ष ४४ का सञ्जय महतोलाई पक्राउ गर्दै २७ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाइ ल्याइएको ५४ किलो गाँजा बरामद गरेको हो ।

ट्रकको अगाडिपट्टिको सिलिङमा फल्स बटम बनाएर दुई वटा बोराभित्र फेला परेको हुँदा गाँजा, अभियुक्त र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस