शिवपुरीमा तीनतिर केबलकार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् ।

शिवपुरी ईको टुरिजम एन्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिका–३ जगडोलस्थित सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३.६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्याकंन अध्यनन (ईआईए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस