असार १, काठमाडौँ । गायिका निशु ढकालको ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको छ ।
परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले व्यक्त गरेको भावना भिडियोमा समेटिएको छ । ढकालकै आवाज रहेको उक्त गीतमा नविन के तिमल्सिनाको शब्द, संगत र एरेञ्ज छ । भिडियोलाई तिमल्सिनाले नै निर्देशन गरेका छन् । भिडियोमा सुनिल शाहीको छायाकन रहेको छ ।
यस अघि पनि गायिका ढकालले केही गीत सार्वजनिक गरिसकेकी छन् ।