राष्ट्रियसभाको बैठक : दुई विधेयक सर्वसम्मतिले पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ १८, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार ११ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस