-राजाराम डंगोल असार ६,धादिङ । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परि अन्य १० जना घाईते भएका छन् । गल्छिको सिरुबानीबाट बैरैनी बजार आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको घट्ना स्थलमा रहेका हेमन्त भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल, सोही स्थानकै ३२ बर्षिय सेते मिजार,गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिय कान्छी भुजेल र गल्छि ६ कै ३५ बर्षिय नानु तामाङ रहेका छन । दुर्घटनामा घाईतेहरुको अहिले उद्धार गर्ने क्रम चलिरहेको गल्छी प्रहरीले जानकारी दिएको छ । घाईते १० जनालाई उपचारको लागि काठमाण्डौ लाने तयारी भईरहेको छ । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजारतर्फ आउदै गरेको थियो ।