कर्णाली जीप दुर्घटना : केही नभेट्टाएपछि गोताखोर पनि फिर्ता, स्थानीयको पनि आश मर्यो !

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । कर्णाली नदी जीप दुर्घटना भएर बेपत्ता भएका यात्रुहरुको खोजीका लागि हुम्ला आएको गोताखोरको टोली केही जीप र बेपत्ता यात्रुबारे केही पत्ता नलाग्दै फिर्ता भएको छ । नदीमा पानीको बहाब बढी हुन , पानी धमिलो र संगै ढुङ्गा पनि बगाएर ल्याउदा खोजी गर्न कठिन भएपछि उक्त टोली केही पत्ता नलगाएर रित्तै फिर्ता भएको हो ।

तीन दिनसम्म बिशेषज्ञ गोताखोरको टोलीले घटना स्थलका एक किलो मिटर दुरीमा खोजी कार्य जारी राखे पनि केही पत्ता लगाउन नसके पछि आज फिर्ता पठाएको प्रखुम जिल्ला अधिकारी धोलकराज ढकालले बताए । कुरिनटारबाट गोताखोर आएर खोजी गर्दा पनि पानीको धमिलो पानीको कारण केही पत्ता लगाउन नसक्ने भएपछि फिर्ता पठाइएको उनले बताए । अब अरु खोजीका कुनै अन्य बिकल्प नभएको समेत उनले बताए ।

बेपत्ताहरु पाउने एउटा आशा थियो तर अब गोताखोर टोलीले नै केही गर्न नसकेपछि कुनै उपाय नै नभएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । अब खोजीका अन्य उपायहरु नभएको उनले बताए ।
बेपत्ताहरुको खोजीमा संलग्न गोताखोर टोलीका टिम लिडर सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले कर्णाली नदीमा खोजी गर्न कठिन भएको बताए । खोजी गर्न नसकिने भएपछि टोली फिर्ता भएको उनले बताए ।

नेपाली सेनाको हेलिकोप्टरबाट कुरिनटारबाट असार ४ गते १० सदस्यीय गोताखोरको टोली घटना स्थलमा आएर खोजी जारी राखेको थियो । सडक संजाल नजोडिएको हुम्ला जिल्लामा स्थानीय स्तरमा सञ्चालित सडकमा लु १ ज ७१६६ नम्बरकको महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सहित १० जना बेपत्ता भएका थिए । गाउँपालिकाको खार्पुबाट पालिका केन्द्र याङ्चुमा यात्रु ओसार्ने क्रममा जीप कैल्या बालु र बेडु बिसौनी क्षेत्रमा कच्ची सडकबाट कर्णाली नदीमा खसेको हो ।

गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही गाडी चालक सिमकोट आठ निबासी मणी शाही, खार्पुनाथ चार निबासी चन्द्र हमाल, नैन सिंह भण्डारी पाँचकी बसन्ती शाही, १३ बर्षका गोकुल सुनार, नन्ददेबी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई बर्ष छोरा र काठमाडौ थानकोट निबासी वल्डिङ मास्टर राजु श्रेष्ठ र अर्को एक जना नाम नखुलेका कुक पनि रहेका छन ।

बेपत्ताहरुलाई भेटाउन नसके पछि घरपरिवारले कुशको प्रतिकात्मक शब बनाएर असार ५ गते नौ जनाको दाहसंस्कार गरि काज क्रिया अगाडि बढाईएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस