उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७६ अषाढ ७, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ७,काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा, गौशाला, धुम्बाराही, चप्पलकारखाना, शङ्खपार्क, स्टार अस्पताल, धोविघाट, सुन्धारा, महाँकाल, त्रिचन्द्र क्याम्पस, जयनेपालमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको हो ।

यस्तै, कृष्णपाउरोटी, रणोदीप, विश्वज्योति, गैरीधारा, माइतीघर, नयाँ बानेश्वर चोक, कमलपोखरी, सिटी सेन्टर, ल्होत्से, ज्ञानेश्वर, भद्रकाली र सिंहदरबारमा पनि जेब्राक्रसिङ निर्माण गरेको छ ।

उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थित गर्नका साथै बढ्दै गएको सवारी दुर्घटना रोकथाम गर्न महाशाखाले विसं २०७५ चैत २१ देखि उपत्यकाको ट्राफिक सुधारका लागि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस