असार १८,काठमाडौँ । प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।
त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो । प्रदेशको नाम भने तोकिएको छैन ।