असार ७,धादिङ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले खानेपानीलाई पहिलो प्राथमिकता दिन स्थानिय तहलाइ निर्देशन दिएका छन् ।
शनिवार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ मा रहेको काम्राङ डिप बोरिङ खानेपानीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेललले खानेपानी प्रत्येक नागरिकको पहिलो आवश्यकता भएकाले स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
केन्द्र सरकारले अवलम्बन गरेको सम्मृद्ध नेपाल सुखी नेपालीको अभियानलाइ प्रदेश तथा स्थानिय सरकारले समेत प्राथमिकताको रुपमा लिएको र सोहि अनुसार साथ दिईरहेको भन्दै जम्कट्टेलले आगामी बर्षमा देश विकासले समेत तिब्र गति लिने बताए । सम्बोधनकै क्रममा जम्कट्टेलले कृषकको क्षमता नबढाईकन कृषिमा क्रान्ति नहुने भन्दै प्रदेश सरकारले कृषकहरुलाई सक्षम र व्यवसायीक बनाउन तालिम प्रदान गर्नका लागी बेनिघाट रोराङ गाँउपालिका स्थित धुषामा छिट्टै कृषि तालिम केन्द्र स्थापना गर्न लागेको समेत बताए ।
खानेपानी उद्घाटन समारोहमा बोल्दै मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले नागरिकको हितको लागि विभिन्न नयाँ कार्यक्रमहरु सुरुवात गरीरहेको समेत बताए । प्रदेश नम्बर ३ ले किसान लक्षीत् कार्यक्रम ल्याएको बताउदै अवका दिनमा भैसी पाल्ने किसानलाई प्रति लिटर दुधको मूल्यमा प्रदेश सरकारले १ रुपैया थपिदिने नीति ल्याएको र चाडैँ नै कार्यान्वयन हुने समेत् बताए ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालले पनी गाउँपालिका भित्र रहेको खानेपानीको समस्या समाधान गर्नको लागि आफु प्रतिबद्ध रहेको बताए । गाउँपालिकाका प्रमुख सिलवालले सिद्धलेक गाउँपालिका भित्र रहेका नागरिकलाई आत्मनिर्भर बनाउन सिद्धलेक गाउँपालिकाले विभिन्न योजनाहरु ल्याएको समेत बताए । उनले कृषि,स्वास्थ्य,शिक्षा र खानेपानीको क्षेत्रमा गाउँपालिकाले विकास गर्ने भन्दैे आगामी ३ बर्षमा सिद्धलेक गाउँपालिकालाई अन्य स्थानीय तह भन्दा नमुना गाउँपालिका बनाउने समेत बताए ।
वि।स।२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पको कारण पानीको मुहान सुकेपछि खानेपानीको चरम अभाव झेलिरहेका सिद्धलेक गाउँपालिका वडा नम्बर ५ मा रहेको काम्राङ गाँउमा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँको लागतमा सम्पन्न गरीएको डिप बोरिङ खानेपानी आयोजना को आज उद्घाटन तथा हस्तान्तरण गरिएको हो । सिद्धलेक गाउँपालिकाको ३० लााख १० हजार, अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार ७ सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार ८ सय ८ रुपैँया गरी जम्मा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो ।
डिप बोरिङ मार्पmत् निकालिएको खानेपानीबाट स्थानीय १ सय २२ घरधुरीका ६ सय ६५ जना लाभान्वित भएका छन् । १ सय ३२ मिटर गहिराईबाट बोरिङ गरीएको पानी ५० हजार लिटरको ट्याङकीमा रिजर्भ गरेर वितरण गरीएको वडा नं। ५ का वडा अध्यक्ष दिल बहादुर घलेले जानकारी दिए । खानेपानीको अभावकै कारण बस्तीनै सार्नुपर्ने अवस्था रहेको उक्त गाउँमा अहिले खानेपानी पाएपछि नागरिकहरुले खुसी ब्यक्त गरेका छन् ।
उक्त खानेपानी आयोजनाको शनिवार प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेललले रिबन काटेर उद्घाटन गरेका हुन् । सिद्धलेक गाउँपालिका र अक्सफामसँगको सहकार्यमा फोकस नेपालद्वारा सम्पन्न आयोजनाको शनिवार विधिवत रुपमा मन्त्री जम्कट्टेलले उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
काम्राङ डिप बोरिङ खानेपानी आयोजनाका अध्यक्ष मान बहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा,जिल्ला समन्वय समितिका सदस्य कृष्ण प्रसाद अर्याल, सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एस पी राजकुमार बैदवारको समेत विशेष आतिथ्यता रहेको थियो ।
सहकार्य : न्युजधादिङ डटकम