उपप्रमुख झा को नेतृत्वमा औरही नगरपालिकाको कार्यालयमा तोडफोड

Post Thumbnail

असार ८,महोत्तरी । औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाको उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।

कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अचार्यले बताए । कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षको राजपाको नेता ज्ञानु झा घाइते भएकी छिन । उनको स्थानीय क्लिनिकमा उपचार भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस