लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई सकिएन ,परिक्षाको तयारीमा रहेका विद्यार्थी मर्कामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ८, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।

आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन ।

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।

उक्त रीटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै रहेको छ । लोकसेवा आयोगको कर्मचारी भर्नाका सम्बन्धमा निर्णय नहुँदा परिक्षाको तयारीमा रहेका विद्यार्थी मर्कामा परेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस