असार ९,काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा घरेलु टोली फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि नतिजा अतिरिक्त समयमा आएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा ५२ औं मिनेटमा भेलेरी गुभानीले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएकी थिइन् ।
फ्रान्सभन्दा कमजोर प्रदर्शन गरेको ब्राजिलका लागि थियासा मोरिनोले ६३ औं मिनेटमा बराबरी गोल गरेकी थिइन् ।
त्यसपछि थप गोल नभएपछि निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो ।
त्यसपछि थप गरिएको समयमा फ्रान्सले बाजी मार्न सफल भयो । १ सय ६ औं मिनेटमा अमान्डी हेनरीले गोल गर्दै फ्रान्सललाई अन्तिम ८ मा स्थान सुरक्षित गराईन ।