राजदूतलाई मन्त्रीको प्रश्न: ‘चिनियाँ कम्पनीले नेपालमा किन राम्रो गर्न सकिरहेका छैनन् ?’

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ अषाढ १०, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र वजार विस्तारको लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युतको लागि भारत र वंगलादेशमा बजारको लागि पहल जारी राखेको जानकारी समेत दिए ।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयां सम्भावना छ, लगानी र वजार विस्तारका लागि हामी पहल गरिरहेका छौं, भारत र वङगलादेशसंग समेत यसवारेमा छलफल भइरहेको छ । यसमा चिनियाँ लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ ।’ मन्त्री पुनले भने ।

चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याहरुको वारेमा जानकारी दिंदै त्यसवारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन् ।

मन्त्री पुनले राजदूतसंगको भेटमा भने ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’

उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागि समन्वय गरिदिन आग्रह गरे ।

मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व वैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागि थप २ खर्ब अपुग भएकोले चिनियाँ सहयोगको लागि पहल गरिदिन आग्रह गरे ।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागि चीनले पहल गरिरहेको जानकारी दिइन् । उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन् ।

राजदूत यान्छीले भनिन् ‘ चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छ । ’

चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाई थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसंग समय रहेको भन्दै यो अवधीमा नेपालले वढीभन्दा बढी उपलव्धी हासिल गर्छ भन्नेमा आफु आशावादी रहेको धारणा राखिन् । मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस