असार १२,काठमाडौँ । विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो हार हो । यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना बढेको छ ।
२३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले खराब सुरुवात गरेको थियो । उसका दुई विकेट छिट्टै गुमे । यद्यपि बाबर आजमले वर्ल्ड कपमा आफ्नो पहिलो शतक प्रहार गरेर टिमलाई जित दिलाए ।
१२७ बलको सामना गरेका बाबरले ११ चौका प्रहार गरे । बाबर वर्लड कपमा शतक प्रहार गर्ने पाकिस्तानका दोस्रो युवा खेलाडी हुन् । उनी म्यान अफ द म्याच चुनिए । त्यस्तै, पाकिस्तानको जितमा हरिस सोहइलले ६८ र मोहम्मद हफिजले ३२ रनको योगदान दिए ।