थाहा नगरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने निर्णय

असार १२,काठमाडौँ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खोल्ने निर्णय गरेको छ ।

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका लागि सरकारले मकवानपुरको थाहा नगरपालिका(९ मा रहेको १ सय ७९ रोपनी १२ आना २ पैसा जग्गा समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेसँगै विश्वविद्यालय निर्माण हुने भएको हो ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले विश्वविद्यालय निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा १ अर्ब १० करोड बजेटसमेत छुट्याइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply