धुनिबेशीमा स्वास्थ्य संचार सचेतना कार्यक्रम सम्पन्न ! सबै वडामा स्वास्थ्य केन्द्र स्थापना हुने

Post Thumbnail

असार १३,धादिङ । जिल्लाको धुनिबेशी नगरपालिका ५ मा स्वास्थ्य संचार सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य प्रर्वद्धनका लागि धुनिबेशी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । खासगरी कुष्ठरोग पहिचानको लागी चर्मरोग जाँच शिविर गरिएको हो । कार्यक्रममा मेरो वर्ष अभियान, महामारी, सर्ने तथा नसर्ने रोग, प्रजनन तथा बाल बातावरण लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईएको छ ।

धुनिबेशी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शिवहरी भट्टले कुनै पनि ठाउँमा रोगको महामारी देखे खबर गर्न नगरबासीलाई अनुरोध गरे । सरुवा रोग, यसको समस्या र समाधानका उपायहरुबारे जानकारी गराउँदैँ भट्टले नगरपालिका नगरवासीहरुको राम्रो स्वास्थ्यका लागि सँधै क्रियाशिल रहेको बताए ।

कार्यक्रममा मेरो वर्ष अभियानको बारेमा जिवनपुर स्वास्थ्य चौकीका प्रमुख सत्यनारायण शाहले मेरो वर्षको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले विभिन्न ५ प्रतिबद्धता पनि जनाएका छन् ।

यस्तै नगर प्रमुख बालकृष्ण आचार्यले नगरमा एम्बुलेन्सको व्यवस्था हुन लागेको भन्दै सबै वडामा स्वास्थ्य केन्द्र स्थापना हुने बताए ।
नगरपालिका नगरवासीको स्वास्थ्यमा सँधै चिन्तनशिल रहेको भन्दै उनले स्वास्थ्य सचेतनाका लागि धेरै योजनाहरु रहेको बताए ।
वडा नम्बर ५ का अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख निरु खरेल लगायतको आतित्थ्यता रहेको थियो ।

यसैबिच सोहि कार्यक्रम पछि निशुल्क स्वास्थ शिविर पनि गरिएको छ । शिविरमा ७० जना भन्दा बढि स्थानियले आफनो स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा ब्लड प्रेसर, सुगर जाँच, चर्मरोग लगायतको जाँच गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस