पृथ्वी राजमार्ग अन्तर्गत बैरेनी बजारमा सडक अबरुद्ध ! सडक खुल्न ४ घण्टा भन्दा बढी लाग्ने

Post Thumbnail

-बिपिन मल्ल


असार १४,धादिङ । बर्षासंगै आएको बालुवा लेदोका कारण पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनी बजारमा सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सयौँ सवारी साधन जाममा फसेको बैरेनी प्रहरीले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सवारी आगमन ठप्प हुन पुगेको हो । लेदो माटो र ढुंगा थुप्रिंदा सडकमा नदीको बगर जस्तो भएको छ । देशका मुख्य मार्ग हुंदै राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं व्यक्ति प्रभावित भएका छन् । बिहीवार पनि हजारौं यात्रु बिच बाटोमै अलपत्र परेका थिए ।

राष्ट्रिय राजमार्ग भन्दा माथि तिर जताततै ग्रामीण सडक निर्माण गरिनुका साथै बालुवाका लागि डाँडापाखा खनिएका छन । जस्का कारण बर्षात संगै माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको हो ।

अहिले सडक खुलाउने प्रयास भईरहेको र जाम खुल्न ३,४ घण्टा भन्दा बढी लाग्ने र यो बर्षामा यस्तो समस्या निरन्तर आउने प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस