आईसीसी विश्वकप : न्यूजिल्याण्डको दोस्रो हार, झर्यो तेस्रो स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ १५, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १५,काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दोस्रो हार व्यहोरेको छ । लगातार पाँच खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको न्यूजिल्याण्ड पछिल्ला दुई खेलमा पराजित भएपछि तेस्रो स्थानमा झरेको छ । पाकिस्तानसँग पराजित भएको न्यूजिल्याण्ड शनिबार राति शीर्ष स्थानको अस्ट्रेलियासँग पनि ८६ रनले स्तब्ध भयो ।

न्यूजिल्याण्डका केन विलियमसनले सर्वाधिक ४० रन जोड्नु बाहेक रस टोलरले ३० रनको योगदान गरे । यस्तै मार्टिन गुप्टिलले २० रन जोड्दा टम लाथम १४ र मिचेल सेन्टनर १२ रनमा पेभेलियन फर्किए । न्यूजिल्याण्डका अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि ४३।४ ओभरमा सवै विकेट गुमाउँदै १४३ रनमा समेटिएको थियो ।

न्यूजिल्याण्डका मिचेल स्टार्कले सर्वाधिक पाँच विकेट लिएका थिए । ९।४ ओभर बलिङ गरेका स्टार्कले २६ रन दिएर ५ विकेट लिँदा एक ओभर मेडन राखेका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ह्याट्रिक सहित चार विकेट लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस