आईसीसी विश्वकप : भारतको पहिलो हार,इङ्ल्यान्ड ३१ रनले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ १६, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १६,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार खेपेको छ । आइतबार राति भएको खेलमा भारत घरेलु टोली इङ्ल्यान्डसँग ३१ रनले पराजित भयो । भारत सन् १९९२ पछि पहिलो पटक विश्वकपमा इङ्ल्यान्डसँग पराजित भएको हो ।

इङ्ल्यान्डले दिएको तीन सय ३८ रनको फराकिलो विजय लक्ष्य सहित जवाफी ब्याटिङ गरेको भारत निर्धारित ५० ओभरमा पाँच विकटेको क्षतिमा तीन सय ६ रनमा समेटिएको थियो । भारतका रोहित शर्माले शतकीय पाली खेलेपनि टोलीलाई जिताउन सकेनन् । रोहितले एक सय दुई रन बनाए । जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो । कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ खेले । हार्दिक पाण्डयाले ४५, महेन्द्र सिंह धोनीले अविजित ४२, ऋषव पन्तले ३२ र केदार जादवले अविजित १२ रन बनाए । इङ्ल्यान्डका लियाम प्लुन्केटले तीन विकेट लिए । क्रिस वोक्सले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३७ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जोनी बेयर्सटोले एक सय ११ रनको शतकीय इनिङ खेले । बेन स्टोक्सले ७९ रन बनाए । जासन रोयले ६६, जोय रुटले ४४ र जोश बटलरले २० रन बनाए । भारतका मोहमद शामीले पाँच विकेट लिए । जस्प्रित बुम्राह र कुलदीप यादवले एक एक विकेट लिए ।

भारतलाई स्तब्ध बनाएपछि इङ्ल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आठ खेल सकेको इङ्ल्यान्ड १० अंक सहित तालिकाको चोथो स्थानमा छ । पहिलो हार खेपेको भारतको सात खेलबाट ११ अंक छ । भारत समूहको दोस्रो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस