निगमप्रति प्रधानमन्त्रीको आक्रोशः ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १७, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’ बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सव अवसरमा सोमबार राधानीमा आयोजित समारोहमा पर्यटन मन्त्रालयको समेत जिम्मेबारी लिइरहेको प्रधानमन्त्री ओलीले आफ्नै पहलमा बनेको निगम नेतृत्वप्रति आक्रोस व्यक्त गरे ।

जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने उल्लेख गर्दै ओलीले भने ,‘साग बेच्नेले ट्याक्स तिर्छ । किसानले रुखबारीको तिरो तिर्छ । त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने रु वायुसेवा भनेको दान, पुण्य र समाज सेवा होइन । व्यापार हो । निःशुल्क स्वास्थ शिविर राखेजस्तो नराख्नू । आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ । ’

निगम पर्यटनमार्फत देशकै अर्थतन्त्रमा योगदान पु¥याउने संस्था भएको सम्झाउदैं ओलीले भने ,‘सरकार काँध थाप्छ, तर आँखा चिम्लेर थाप्दैन । यसको व्यवस्थापन र सञ्चालन उपयुक्त ढंगले हुुनपर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस