मोटो हुनुभयो ? दुब्लाउन यस्तो गर्नुहोस्

Post Thumbnail

असार १८,काठमाडौँ । के तपाईलाई मोटोपनले सताएको छ ? मोटोपनकै कारण तपाईको दैनिकीमा असर परिरहेको छ ? तपाई दुब्लाउन चाहनुहुन्छ । अब थाहा पाउनुस् दुब्लाउनको लागी विभिन्न उपाय छन । चिक्तिसा देखी आर्युवेदिक प्रणालीले तपाईको यो चिन्ता हटाउन मद्धत गर्छ । दैनिक भागदौड जीवनमा मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिरहेको हुँदैन । मोटोपनबाट छुटकारा पाउन चाहदाँ चाहदै पनि उनीहरुलाई उपायहरुको कमीका कारण दुब्लाउन सकिरहेका हुँदैनन् । आउनुहोस् हेरौ मोटोपनबाट छुटकारा पाउन के–के गर्नुपर्छ थाहा पाइराख्नुहोस् ।

–दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । एकै पल्ट धेरै खाना खानु उचित हुँदैन । भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।

–बेलुकाको खाना अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्तहुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।

–तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।

–डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन् । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ ।

तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस