एउटा नासु सरुवा गराउँन मलाई ३२ सांसदले दबाब दिएः मन्त्री पण्डित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ १९, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन्।

‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरुको संख्या कति होला?’ उनले भने, ‘एकजना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए, तर मैले गरिन।’

पूर्वमन्त्री तथा राज्य व्यवस्था समिति सदस्य जनार्दन शर्माले पनि कर्मचारीहरु सरुवा गराइदिनुपर्यो भन्दै धाउने गरेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस