जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १९, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १९,काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबिचबैंककाग्राहकतथाकर्मचारी र तिनका अश्रितहरुलाईस्वस्थ्यसेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।

संझौतापत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका थिए । संझौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस