असार १९,काठमाडौँ । रसिया विश्व कपमा आज हुने दुई खेलपछि प्रिक्वार्टरफाइनलका खेल सकिनेछन् । अहिले सम्म भएका ६ वटा नकआउट खेल सकिदा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वार्टरफाइनल पुगेका छन् ।
अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानअन्तिम १६ बाट बाहिरिएका छन् । आज हुने २खेल यी हुन् ।
विश्व कपमा आजका अन्तिम २ प्रिक्वार्टरफाइनल
-स्विडेनविरुद्ध स्विट्जरल्यान्ड साँझ ७ः४५ बजे
-कोलम्बियाविरुद्ध इङ्ल्यान्ड राती ११ः४५ बजे
स्विडेन समूह एफको विजेताका रुपमा नकआउट चरणमा पुगेको टोली हो । दक्षिण कोरियालाई १–० ले हराउँदै विश्व कपको यात्रा सुरु गरेको स्विडेन अर्को खेलमा साविक विजेता जर्मनीसँग २–१ ले पराजित भएको थियो । तर समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै टोली समूह विजेता बन्न सफल भएको थियो ।
ब्राजिल विजेता बनेको इ समूहबाट उपविजेतका रुपमा स्विट्जरल्यान्ड अघि बढेको थियो । पहिलो खेलमा ब्राजिललाई १–१ मा रोक्दै राम्रो सुरुवात गरेको स्विट्जल्यान्डले सर्बियालाई २–१ ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा २–२ को बराबरीमा रोकिएपनि टोली ५ अंकसहित नकआउट चरणमा पुगेको हो ।
कोलम्बिया समूह एचको विजेताका रुपमा अघि बढेको हो । यद्दपी टोलीले समूह चरणको खेलमा सेनेगललाई १–० ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो । पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध भएको कोलम्बियाले त्यसपछि पोल्यान्डलाई ३–० र सेनेनललाई १–० हराएर आफुलाई समूहको उत्कृष्ट टोलीका रुपमा उभ्याएको थियो ।
समूह जीको उपविजेताका रुपमा अघि बढेको इङ्ल्यान्डले दमदार रुपमा यसपटकको विश्व कपको सुरुवात गरेको थियो । सुरुवाती दुई खेलमा ट्युनेसियालाई २–१ र पानामालाई ६–१ ले हराएको इङ्ल्यान्ड बेल्जियमसँगको खेलमा भने पराजित भएको थियो । टोलीका लागि कप्तान ह्यारी केनले ५ गोल गरिसकेका छन् । जुन यस विश्व कपमा अहिले सम्म उच्च गोल हो ।