यस्ता पुरुषलाई बढी हुन्छ हर्ट अट्याकको खतरा

Post Thumbnail

असार २१, काठमाडौँ । एक अनुसन्धानअनुसार मुटुरोगले हुने मृत्युको सम्बन्ध पारपाचुके गरेकासँग समेत गाँसिएको हुने पाइएको छ।

ब्रिटिस अनुसन्धानकर्ताहरूका अनुसार पारपाचुके (सम्बन्ध विच्छेद) लिएका र विधुरमा मुटुरोगले हुने मृत्युको खतरा पारपाचुके नै गरी बसेका महिलाको दाँजोमा बढी हुने देखिएको छ।

बर्मिङघको एस्टन विश्वविद्यालयले उत्तरी इंगल्यान्डको अस्पतालमा गरिएको अनुसन्धानअनुसार यस्ता पुरुष जसको श्रीमतीको मृत्यु भइसकेको छ, उनीहरूमा हर्ट अट्याकले हुने मृत्युको खतरा ११ प्रतिशत बढी हुन्छ।

यो अनुसन्धानमा १८ लाख व्यक्तिलाई सामेल गरिएको थियो।

अनुसन्धानअनुसार यस्ता विधुर जो पहिलेदेखि नै अनियन्त्रित मुटुको चालको समस्यासँग जुधिरहेका थिए, उनीहरूमा हर्ट फेल्योरको समस्या ११ प्रतिशत र मृत्युको खतरा १५ प्रतिशत बढी हुन्छ। पारपाचुके गरेका पुरुषमा १४ प्रतिशतसम्म हुने गरेको पाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस