-राज ढुंगाना
असार १९,धुनिवेशी । ३ नम्बर प्रदेश सरकारले आफ्नो प्रदेशका विभिन्न ठाँउको विकासको लागी बजेट तर्जुमा गरेको छ । यसैविच धादिङको धुनिवेशी नगरपालिकामा पनि विभिन्न विकासका आयोजनाहरुमा बजेट छुट्याएको छ । जस अनुसार बजेट र अयोजना यस प्रकार छन । –
भोटडाँडाँ–सेढाँईगाँउ खा.पा धुनिवेशी ३ लाई ३ लाख ५० हजार,नौविसे बजार–दोभान–लिखु–टिस्टुङ सडकलाई ६० लाख,पिपलबोट–महेशफाँट–रमाईलोचौर–कोल्पु सडकलाई ५० लाख,खर्केडाँडा पिकनिक पार्कलाई २० लाख,तोप्लाङ भ्यु टावर निर्माण गर्न ५० लाख,टायलघर–जिवनपुर–धुनिवेशी सडक आयोजनालाई ४ करोड,धुनिवेशी नरगपालिका वडा नम्बर ३ अन्तर्गत भोटडाँडा पहिरो नियन्त्रणको लागी २९ लाख, धुनिवेशी ५ अन्तर्गत स्याउली बजार–महेशखोला तटबन्ध निर्माणको लागी २० लाख,टायलघर–जिवनपुर–धुनिवेशी सडकको लागी १३ लाख र रानीवन–जिवनपुर खानेपानी योजनाको गुणस्तर सुधारको लागी ४ लाख बजेट विनियोजन भएको छ ।
अब यी आयोजना छुट्टीने मात्र हो की कामपनि तिव्र गतिमा हुन्छ भन्ने अनलाईन केन्द्रको प्रश्नमा नगरका प्रमुख बालकृष्ण आचार्यले आगामी भदौदेखी नै तोकिएको आयोजना र बजेट अनुसार तिव्रगतिमा काम हुने बताए । उनले नगरलाई प्राप्त बजेटको शतप्रतिशत सदुपयोग गर्दै नगरवासीलाई यसैबर्ष परिवर्तनको आभाष दिने बताए । उनले भने एक बर्ष कर्मचारी अभाव,कार्यालयको अभाव र समन्वयको अभावमा भएपनि अवको बर्ष नगरको विकासको लागी सबै एकजुट भएर लाग्ने बताए । उनले प्रदेश सरकारले धुनिवेशी नगरलाई न्याय गरेको बताए ।