विषादीयुक्त तरकारी जाँच नगरिनेः दबाबमा सरकार, पूर्व निर्णय फिर्ता

असार २२, काठमाडौँ । सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ ।

सरकारले गत असार दुई गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तरकारी र फलफूलको आयात प्रभावितबारे चासो लिएको भारतीय दूतावासले सरकारलाई लिखित पत्र पठाएपछि मन्त्री परिषद्ले निर्णय फिर्ता लिएको हो ।

नेपालको परिवर्तित नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको जनाउँदै दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । तर सरकारले भने विषादी परीक्षणका लागि आवश्यक ल्याब, उपकरण र अन्य तयारी पर्याप्त नभएको कारण देखाउँदै तत्कालका लागि परीक्षणकार्य स्थगित गरिएको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply